ख्वप साकोसको आयोजनामा डल्ला साबुन बनाउने तालिम सम्पन्न

0
276

भक्तपु, असार २९ ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उपसमितिको आयोजनामा २०८१ साल असार २९ गते ब्यासीमा डल्ला साबुन बनाउने तालिम सम्पन्न भयो ।


कार्यक्रममा प्रमुख अतिथि ख्वप बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राजकुमार लघुले सहकारीका सात सिद्धान्त मध्ये सदस्यहरुलाई सूचना र तलिम दिने दिनुपर्ने आवश्यकता बोध गरी शेयर सदस्यहरुलाई आत्मनिर्भर एवंम स्वरोजगारी लागि तालिम आयोजना गरेको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष लक्ष्मीनारायण सुवालले संस्थाको थप गतिशिलताका लागि विभिन्न निति नियमहरु निर्माण गदै अगाडि बढिरहेकोले छ, टोलका दाजुभाईको नेतृत्व गरिरहेको संस्थामा बचत गरेमात्र बचत सुरक्षित हुने कुरा बताउनुुभयो ।
नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष बबी मैया कवांले नेक्रामसंघ कामदार बर्गका महिलाहरुलाई शोषण अन्याय अत्याचारबाट मुक्त गर्न स्थापना भएको बताउनुहुदै ख्वप बचतबाट दिएको तालिम ब्यवहारमा उतार्न सके खर्चमा मितब्ययिता अपनाउन सकिने र तालिम जिवन उपयोगि हुने बताउनुभयो ।
डल्ला साबुन बनाउने तालिमका प्रशिक्षक एवंम महिला उपसमितिका सदस्य सुलोचना सुवालले तालिम दिन पाएकोमा खुशी ब्यक्त गर्दै छोटो समयमा दिएको तालिमबाट प्रशिक्षार्थीहरु लाभान्बित हुने बताउनु भयो ।

तलिममा ब्यासी छोरी बुहारी समूहका अध्यक्ष धर्मलक्ष्मी दुवाल, महिला उपसमितिका सदस्य गंगा लाखा लगायतले बोल्नुभएको थियो ।

महिला उपसमितिका संयोजक चण्डेश्वरी याकामीको सभापतित्वमा सम्पन्न भएको उक्त तालिममा ४२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here