भक्तपुरका औषधि कारखानाहरुमा तिव्र अनुगमन

0
251

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषाधि कारखानाहरु र नेपो टेक्सटाइलमा बुधबार अनुगमन गरियो ।
नेपो टेक्सटाईल इण्डष्ट्रिज प्रा.लि. को साइनबोर्ड राख्न, सरसफाई व्यवस्थित गर्ने, केमिकलबाट हुने क्षति नोक्सानी नहुने गरी व्यवस्थित गर्ने, कर्मचारीलाई विपद् व्यवस्थापन तालिम दिनुपर्ने, केमिकल युक्त पानी प्रशोधन गरीमात्र खोलामा पठाउन र सिधै नपठाउन निर्देशन दियो ।
त्यस्तै सिटिएल फर्मासेटिकुल्स प्रा.लि. र जे.जे. ल्यावरोटरीज् प्रा.लि. व्यवस्थित भएको र म्याद नाघेको औषाधिहरु र कारखानाको केमिकल भएको फोहर पानी प्रशोधन गर्ने प्रदुषण नियन्त्र प्रणालीको ईपिटि फोहर उपचार प्रणाली केन्द्र संचालनको लगबुक र ल्याब रिपोर्ट समेत भएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले बताउनु भयो ।
अनुगमनमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशन मैया सुवाल, ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्र.स.नि. कमल कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघका राजेश त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला र ख्वप अस्पतालका मनिष ज्याख्वको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here