विश्वको जनसंख्या प्रतिवर्ष ०.९१ प्रतिशतको दरले वृद्धि हुँदै(विश्व जनसंख्या दिवस)

0
520

असार २७ ।

आज जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस । विश्व जनसंख्या दिवस ११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो । जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने गरिन्छ। संयुक्त राष्ट्रसंघीय विकास कोष (United Nations Development Program) को गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो। यो विश्व जनसंख्या ५ अर्ब (बिलियन) पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो। आज विश्व जनसंख्या दिवस मनाईरहँदा विश्वका लागि जनसंख्या मूख्य चुनौति बन्ने देखिएको छ ।

सन् २०२४ मा विश्वको जनसंख्या प्रतिवर्ष ०.९१ प्रतिशतको दरले वृद्धि भइरहेको छ (सन् २०२३ मा ०.८८ प्रतिशत, सन् २०२० मा ०.९८ प्रतिशत र सन् २०१९ मा १.०६ प्रतिशत)। हालको जनसंख्या वृद्धि प्रतिवर्ष लगभग ७करोड ३० लाख मानिस हुने अनुमान गरिएको छ ।

सन् १९६० को दशकको उत्तरार्धमा वार्षिक वृद्धिदर २ प्रतिशतको हाराहारीमा थियो । त्यसयता वृद्धिको दर लगभग आधा घटेको छ र आगामी वर्षहरूमा पनि घट्दै जानेछ।

त्यसैले २१ औं शताब्दीमा पनि विश्वको जनसंख्या निरन्तर बढ्नेछ, तर पछिल्लो समयको तुलनामा निकै कम दरमा। सन् १९५९ (३ अर्ब) देखि १९ (६ अर्ब) सम्मको ४० वर्षमा विश्वको जनसंख्या दोब्बर (१०० प्रतिशतले वृद्धि) भएको छ । अबको ४० वर्षमा यो ५० प्रतिशतले बढेर सन् २०३७ सम्ममा ९ अर्ब पुग्ने अनुमान गरिएको छ ।

सन् २०५७ मा विश्वको जनसंख्या १० अर्ब र सन् २१०० मा १० अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ ।

जनसंख्याको आधारमा शीर्ष २० ठूला देशहरूकाे सूची

source: World populattion Data 2024,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here