Monday, July 22, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा एसईईमा भक्तपुर नगरपालिकामा ८४.२७ प्रतिशत उत्तीर्ण

एसईईमा भक्तपुर नगरपालिकामा ८४.२७ प्रतिशत उत्तीर्ण

भक्तपुर, असार २० ।
२०८० सालको एसईई परीक्षामा मुलुकभर ५२.१४ प्रतिशत अनुर्तिण अर्थात ४७. ८६ प्रतिशतले मात्रै परीक्षा उत्तीर्ण गरेको राष्ट्रिय परीक्षा बोर्डको नतिजा देखेर निरास भएका शिक्षाप्रेमीहरुकालागि भक्तपुर नगरको नतिजाले उत्साह जगाएको छ । नगर शिक्षा समितिले आज प्रकाशित गरेको सूची अनुसार भक्तपुर नगरका दुई हजार चार सय ४८ परीक्षार्थीहरु मध्ये दुई हजार ६३ अर्थात ८४.२७ प्रतिशत परीक्षार्थीहरु एसईई परीक्षा उत्तिर्ण गरेका हुन् । नगरका ६० वटा विद्यालयबाट एसईई दिएका मध्ये सबैभन्दा बढी बागेश्वरी विद्यालयबाट दुई सय ७० जनाले परीक्षा दिएका थिए भने सबै भन्दा कम हिमालयन इग्लिस स्कूलबाट ३ जनाले मात्रै एसईई दिएका थिए ।
११ वटा विद्यालयले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्न सफल भएको छन् भने १५ विद्यालयको नतिजा ९० प्रतिशत भन्दा बढी छ । एउटा खुल्ला विद्यालयको नतिजा बाहेक नियमित चलेका अधिकांश विद्यालयको नतिजा ६० प्रतिशत भन्दा माथि छ । नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ६६२ जना छन् भने ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ७६५ जना यसै गरी २.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या ५२९, २.४ देखि २.८ जिपिएमा १०५ र २ देखि २.४ जिपिए ल्याउनेमा २ जना मात्रै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments