भक्तपुर, असार १८ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको आज (मंगलबार) को निर्णयअनुसार नुनको मूल्यवृद्धि गरिएको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले जानकारी दिनुभयो ।
मंगलबार राति १२ बजेदेखि लागु हुने गरी नुनमा प्रतिकेजी ४ रुपैयाँ बढाइएको हो । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ ।
साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत राजभण्डारीले नुनको मूल्य समायोजन भन्दै प्रदेश, शाखा, उपशाखा र डिपो कार्यालयलाई पत्राचारसमेत गर्नुभएको छ ।
नुनको मूल्य बढ्ने भएपछी यतिखेर बजारमा ब्यापारीहरुले कृत्रिम अभाव गर्न थालेका छन् ।
सूचना यस्ताे रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
2
+1
+1
1


















