ज्ञानकुञ्ज टाेल सुधार समितिको आयोजनामा हार्माेनियम तथा तबला प्रशिक्षण सुरु

0
594

भक्तपुर, असार १६। भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित ज्ञानकुञ्ज टाेल सुधार समितिको आयोजनामा हार्माेनियम तथा तबला प्रशिक्षण कार्यक्रम गत आइतबारबाट सुरु भएको छ ।

वडा न १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्यामकृष्ण खत्रिले समाजमा फैलदै गरेकाे बिकृति , बिसंगतिलाई राेक्न प्रगतिशिल भजनले पनि अहम भुमिका खेल्न सकिने सम्भाबना उजागर गर्न विगत समयमा भक्तपुर नगरपालिकाले प्रगतिशिल भजन प्रतियाेगिता सञ्चालन गरेकाे बताउनुभयो । उहाँले ज्ञानकुँञ्ज भजन समुहले पनि समाज सभ्य ,सुसंस्कृत बनाउने काममा आफ्नाे क्षमता अनुसार समाज परिवर्तनका लागि नभै नहुने प्रगतिशिल भजन क्षेत्रमा सकारात्मक भुमिका निभाउनु हुने विश्वास ब्यक्त गर्नु भयाे ।

सभामा अर्का अतिथि लिटिल वर्ल्ड ईङ्गलिस स्कुलका भ्वाईस प्रीन्सिपल भूपालमान श्रेष्ठले ज्ञानकुँञ्ज टाेल सुधार समिति सँग फल्चा बनाउने देखि लिएर मानव समाजसँग अन्तरनिहित सम्पदा क्षेत्रकाे सरसफाई गर्ने लगाएत संगित प्रशिक्षण कार्यक्रमकाे लागि पनि सहकार्य गर्ने अवसर मिलेकाेमा धन्यवादका व्यक्त गर्नुभयो ।

प्रशिक्षक सुरेन्द्र दुवालले प्रशिक्षण अबधिभर प्रशिक्षार्थिहरु अनुसाशित एवम आफुले सिक्न चाहेकाे विषयमा लगनशिल हुनुपर्ने बताउनुभयो । उक्त शुभारम्भ कार्यक्रममा सभाध्यक्ष कृष्णप्रसाद दुमरुले टाेलवासिहरुकाे ईच्छित चाहनालाई समयकाे माग सम्झि भजन प्रशिक्षण संचालन गरेको बताउनुभयो ।

प्रशिक्षणमा प्रशिक्षक हरिसुन्दर कुलुजु , सहयाेगी तवला प्रशिक्षक पुरुषाेतम रहेको समेत जानकारी दिइएको छ भने सुस्मिता घिसिङ्गबाट हार्माेनियम-१ थान, विनयराज रेग्मिबाट तवला- १ जाेर र हरिकृष्ण भुजुबाट तँ १ जोर सहयोग प्राप्त भएको बताइएको छ । उक्त टाेल सुधार समितिका सचिव केदारप्रसाद पुडासैनि र सदस्य एवम हार्माेनियम प्रशिक्षार्थि मैयाँ वोयजुले पनि आ- आफ्नाे भनाई राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here