भक्तपुर, १७ असार । भक्तपुर नगरपालिका वडा नं. २ मा आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि विद्यालय तथा जनचेतनामूलक मानसिक स्वास्थ्य प्रवर्द्धन समुदायस्तरीय कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भनपा वडा नं. २ का वडा सदस्य मञ्जु लाखाले समाजमा मानसिक रोगको समस्या झन्झन् बढ्न गई आत्महत्याको घटना बढिरहेकोले पारिवारिक वातावरण राम्रो बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निभाउनुपर्ने बताउनुभयो ।


विद्यालय नर्स राजमती जतिले गर्दै आत्महत्या रोकथाम र नियन्त्रण गर्ने आत्महत्या सामाजिक अपराध भएको चर्चा सम्बन्धमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















