भक्तपुर नगरपालिकाले मागे आगामी आ.व. २०८१/८२ को बजेटका लागि राय सुझाव

0
271

भक्तपुर, जेठ २२ ।
भक्तपुर नगरपालिकाले बजेट तर्जुमा र योजना छनोटको लागि नगरवासीहरूसँग राय, सुझाव सङ्कलन कार्य गरेको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै आ.व. २०८१/८२ को लागि नीति तथा कार्यक्रमको लागि नगरवासी, बुद्धिजीवी, शिक्षक, मजदुर किसान, महिला, विद्यार्थी, उद्योगी, व्यापारीलगायत सम्बन्धित सरोकारवाला संग राय सुझाव मागेको हो ।


मिति २०८१ जेठ २८ गतेभित्र भक्तपुर नगरपालिकाको वेभसाइट www.bhaktapurmuni.gov.np , फेसबुक पेज bhaktapur municipality, सम्बन्धित वडा कार्यालय र भक्तपुर नगरपालिकाको प्रशासन शाखा मार्फत राय, सुझाव दिन सकिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here