पाइपलाइनमा बजार अनुगमन, अधिकांश पसल अव्यवस्थित र विना दर्ता संचालन

0
511

भक्तपुर, जेठ २१ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सोमबार पाइपलाइनमा २५ वटा पसल अनुगमन गरियो । अधिकांश पसल अव्यवस्थित र दर्ता नभएको बताउनुभयो ।
अनुगमनमा बस्नेत किराना पसलमा मुल्य सूचि राख्नुपर्ने र म्याद नाघेको एपि जुस ८ वटा, ओडोनिल ४ वटा, गुडनाईट १ बट्टा, ग्लिसिन ७ वटा जफत गरि नष्ट गरियो ।
पाइपलाइन एैला वेभरेजमा दर्ता प्रमाणपत्र नभएकोले तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै युना लेडिज टेलर्स २०७५/०७६ देखि नविकरण नभएकोले तीन दिन भित्र नविकरण गर्न निर्देशन दियो ।
मिना कुमारी श्रेष्ठ किराना पसल २०७६/०७७ देखि नविकरण नभएकोले तीन दिन भित्र नविकरण गर्न निर्देशन दियो ।
पच्चीस वटा पसल अनुगमन गर्दा १३ वटा पसल दर्ता नभएकोमा अनुगमन टोलीले त्यहीं ८ वटा पसल दर्ता गराएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमनका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, रिता फसिकवा, श्यानिटेशन उपशाखा प्रमुख न.नि. दिलिप कुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर उपशाखाका न्हूज किजू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक जनक बहादुर थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, उद्योग बाणिज्य संघ भक्तपुरका राजु त्वानाबासूको सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here