छालिङ स्थित श्री गणेश माविमा अभिभावक शिक्षा

0
540

भक्तपुर, जेठ १८ । विद्यालयको वार्षिक कार्य पात्रो अनुसार विद्यार्थीको सर्वाङ्गिण विकासमा अभिभावकहरूको महत्वपूर्ण भूमिका विषयमा छालिङ स्थित श्री गणेश माविमा प्रवचन कार्यक्रम सम्पन्न भयो।


कार्यक्रमका प्रमुख अतिथ लेखक पर्यावरणीय विद एवं होटल उद्यमी कर्ण शाक्यले सकारात्मक सोच राख्ने सम्बन्धमा प्रवचन एवं मार्ग निर्देशन दिनुभयो। सुविधाभोगी मानिस अल्छी हुने र कहिले सफल नहुने भएकोले दुःख पीडा र समस्या नै सफलताको साँचो रहेको बताउनुभयो ।


उहाँले अरुलाई सुझाव दिन सक्ने, अरुको दोष केलाउन सक्ने, जिम्मेवार बोध गराउन सक्ने तर आफ्नो काम थाहा नपाउने प्रवृत्तिले समाज र देश पछाडि परेको उदाहरण दिनुहुँदै अभिभावकहरूले सकारात्मक सोच राख्नुपर्ने कुरामा बिशेष जोड दिनुभयो ।

प्रवचन कार्यक्रममा विद्यालयका प्रअ इन्द्रबहादुर फोजूले लेखक पर्यावरणविद संरक्षणवादी एवं होटल उद्यमी कर्ण शाक्यलाई विद्यालयको तर्फबाट मायाको चिनो र विद्यालयको स्मारिका प्रदान गर्नुभयो भने उक्त कार्यक्रममा भक्तपुर विद्युतीय सामग्री व्यवसायी सङ्घको समेत उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here