बालबालिकालाई सुर्तीबाट बचाउन धुम्रपान रहित दिवस

0
310


काठमाडौं, जेठ १७ ।
विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपाल एनसिडी एलायन्सले काठमाडौंको टोखास्थित श्री सत्यसाइ शिक्षा सदनमा विहिवार विद्यालयस्तरीय बक्तृत्व प्रतियोगिता आयोजना गरेको छ ।
बालबालिकालाई सुर्तीबाट बचाऔं भन्ने यसपालीको विश्व धुम्रपानरहित दिवसको नारालाई सार्थक पार्नका लागि प्रतियोगिताको आयोजना गरिएको एनसिडी एलायन्सका सहअध्यक्ष शान्तलाल मुल्मीले बताए ।
विश्वमा बालबालिकाहरु प्रत्यक्ष सुर्ती सेवनका अलावा अरुले गरेको धुम्रपानबाट हुने हानी अर्थात निष्क्रिय धुम्रपानबाट झन ग्रसित भएकाले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन कार्यान्वयन गर्न सवैले पहल गर्नुपर्ने धारणा उनले राखे ।
एलायन्सका अध्यक्ष डा. प्रकाशराज रेग्मीले सुर्तीजन्य पदार्थमा ४ हजार किसिमका विष हुने र यसले शरीरका प्रत्येक अंगलाई खराब गर्न सक्ने भएकाले कम्तिमा बालबालिकालाई यो कुलतबाट टाढा राख्न सकेको खण्डमा भावी पुस्ता स्वस्थ हुने बताए ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूणर्भक्त दुवालले सुर्ती सेवनबाट नेपालमा मृत्यु दर २७ हजारबाट ३५ हजार पुगिसकेको तथ्यांक आइसकेको र नेपालमा सुर्ती सेवनका लागि मात्रै ६७ अर्व रुपैयाँ खर्च गर्ने गरेको जानकारी दिए ।
सुर्तीलाई नियन्त्रण तथा नियमन गर्न विश्व स्वास्थ्य संगठनले सुर्ती कर ७५ प्रतिशत पुर्‍याउन गरेको विश्व आग्रहलाई नेपाल सरकारका मन्त्री तथा कर्मचारीहरुले उद्यमीको प्रभाव र दबाबमा परी ३ प्रतिशतमात्र पुर्‍याइ ३३ प्रतिशतमा नै सीमित राख्ने प्रपञ्च रचेको जानकारी दिए ।
एनसिडी एलायन्सका महासचिव किशोर प्रधानाङ्गले विद्यालयको १ सय मिटरसम्म सुर्ती विक्रिवितरण गर्न नपाइने कानुन र बालबालिकालाई सुर्ती विक्रि वितरणमा कानुनले रोक लगाए पनि कार्यान्वयन गर्ने तह नजरअन्दाज गरेर बसेको बताए ।
वक्तृत्वकला प्रतियोगितामा तिलंगटार माविकी सहिसा सिंह प्रथम भइन् भने सोही स्कुलका मोहित वाग्ले द्वितीय भए । प्रतियोगितमा सत्य साइ शिक्षा सदनका अंक्क्षेत्र झा तृतीय हुन सफल भए । विजेताहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here