रातो मत्स्येन्द्रनाथको रथ श्रावण १७ गते लगनखेलबाट जावलाखेल तानिने

0
467

काठमाडौँ, जेठ १७ ।
रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ श्रावण १७ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ।


जेठ १७ गते मङलबजारको मण्डप फल्चामा बिहान ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार उक्त दिन रथ तानिने जनाइएको छ ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ।
लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्‍याइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here