दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको चौथौं बार्षिक साधारण सभा सम्पन्न

0
339

भक्तपुर, जेठ १३ ।
दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठान नेपालको चौथौं बार्षिक साधारण सभा जेष्ठ १२ गते शनिवार चाँगुनारायण वडा नं ४ स्थित ग्रामीण अपाँगता समन्वय समितिको भवनमा कार्यक्रम सम्पन्न भयो ।
वार्षिक साधारण सभामा प्रमुख अतिथी DFN का मानार्थ सदस्य एवं भक्तपुर नगरपालिका उपमेयर आर्किटेक्ट रजनी जोशीले संस्थाको उच्च कदर गर्नुहुँदै आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।


यसैगरी वरिष्ठ क्यान्सर बिशेषज्ञ सर्जन डा. कपिन्द्र शेखर अमात्यले संस्थाको सामाजिक कार्यद्धारा आफू अत्यन्त प्रभावित भएको बताउँदै दिक्षा (गौरी) हाडा स्मृति प्रतिष्ठानको सिफारिसमा आर्थिक अवस्था कमजोर भएका बालबालिकको आफूले गर्ने क्यान्सरको शल्यक्रिया नि:शुल्क गर्ने , नेपाल क्यान्सर हस्पिटलमा २ दिनको बेड चार्ज नि:शुल्क गर्ने र आवश्यक औषधीहरु समेत सहयोग गर्ने उक्त कार्यक्रममा घोषणा गर्नुभयो ।
संस्थाका कोषाध्यक्ष विनय राम माथेमाले आ.व २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बर्षभरिमा गरेका २० वटा विविध सामाजिक सेवाका गतिविधिहरुको जानकारी गराउनुभयो भने लक्ष्मण पलिखेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


उक्त कार्यक्रममा संस्थाका अध्यक्ष राजेश हाडाले चाँगुनारायण वडा नं ४ स्थित ग्रामीण अपाँगता समन्वय समितिका अध्यक्षलाई स्कुल ब्याग, स्टेस्नरी सामानका साथै नगद रु १० हजार आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष राजेश हाडाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कार्यसमितिका सदस्य सुमित्रा मल्लले स्वागत मन्तब्य दिनु भएको थियो ।


सोही कार्यक्रमको दोस्रो चरणमा सांगितिक तथा खेल गतिविधिहरुमा गायक रवि हाडा , देव हाडा , सुनिता हाडा , लक्ष्मण पलिखेल , प्रनिल कृष्ण पलिखेलले गीत प्रस्तुत गर्नु भएको थियो भने म्यूजिकल चियर र घैटो फुटाउने, बिंगो लगायतका खेलहरु पनि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here