आजबाट पोलियो रोगविरुद्ध आईपिभि खोप अभियान सुरु,भक्तपुरमा २६ हजार बालबालिका लाभान्वित हुने

0
452

भक्तपुर, जेठ १३ ।
देशभर आज जेष्ठ १३ गतेदेखि २६ गतेसम्म पोलियो विरुद्धको खोप अभियान (आइपिभि खोप) सञ्चालन हुँदै छ ।

२०७३ बैशाख देखि २०७६ असोजसम्म छुटेका बालबालिकाकालागि पोलियो रोग विरुद्धको खोप लगाउन यो अभियान सञ्चालन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय भक्तपुर अनुसार भक्तपुरका ४ वटै नगरपालिकाहरुका विद्यालय र स्वास्थ्य चौकीहरुका खोप केन्द्र स्थापना गरी सो खोप अभियान सञ्चालन हुने जनाइएको छ । यस अन्तर्गत चाँगुनारायण नगरपालिका अन्तर्गत ६८ वटा खोप केन्द्रबाट ४,५८२, मध्यपुर थिमी नगरपालिकामा ७० खोप केन्द्रबाट ८,२००, सूर्यविनायक नगरपालिकामा ७४ खोप केन्द्र स्थापना गरी ७,८३२ र भक्तपुर नगरपालिकामा ४३ खोप केन्द्र स्थापना गरी ४,९१७ गरी जम्मा २५ हजार ५ सय ३१ जना बालबालिकाहरुलाई खोलियो विरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

खोप अभियान सफल पार्न २५२ जना स्वास्थ्यकर्मी र ५१० जना स्वयंसेवकहरु परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here