Thursday, January 16, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home चाँगुनारायाण नगरपालिका आजबाट पोलियो रोगविरुद्ध आईपिभि खोप अभियान सुरु,भक्तपुरमा २६ हजार बालबालिका लाभान्वित हुने

आजबाट पोलियो रोगविरुद्ध आईपिभि खोप अभियान सुरु,भक्तपुरमा २६ हजार बालबालिका लाभान्वित हुने

भक्तपुर, जेठ १३ ।
देशभर आज जेष्ठ १३ गतेदेखि २६ गतेसम्म पोलियो विरुद्धको खोप अभियान (आइपिभि खोप) सञ्चालन हुँदै छ ।

२०७३ बैशाख देखि २०७६ असोजसम्म छुटेका बालबालिकाकालागि पोलियो रोग विरुद्धको खोप लगाउन यो अभियान सञ्चालन गरिएको हो ।
जनस्वास्थ्य कार्यालय भक्तपुर अनुसार भक्तपुरका ४ वटै नगरपालिकाहरुका विद्यालय र स्वास्थ्य चौकीहरुका खोप केन्द्र स्थापना गरी सो खोप अभियान सञ्चालन हुने जनाइएको छ । यस अन्तर्गत चाँगुनारायण नगरपालिका अन्तर्गत ६८ वटा खोप केन्द्रबाट ४,५८२, मध्यपुर थिमी नगरपालिकामा ७० खोप केन्द्रबाट ८,२००, सूर्यविनायक नगरपालिकामा ७४ खोप केन्द्र स्थापना गरी ७,८३२ र भक्तपुर नगरपालिकामा ४३ खोप केन्द्र स्थापना गरी ४,९१७ गरी जम्मा २५ हजार ५ सय ३१ जना बालबालिकाहरुलाई खोलियो विरुद्धको खोप दिने लक्ष्य राखेको छ ।

खोप अभियान सफल पार्न २५२ जना स्वास्थ्यकर्मी र ५१० जना स्वयंसेवकहरु परिचालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments