अब सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य

0
585

काठमाडौं, जेठ १२ ।

सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर (NIN) अनिवार्य भएकोले आ .ब . २०८१।०८२ को श्रावण १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको लागि नयाँ दर्ता तथा नविकरणको निवेदन पेश गर्दा राष्ट्रिय परिचय पत्रमा आधारित बायोमेट्रिक भेरिफिकेशन अनिवार्य गरिएको हो ।

अहिले ई-पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । व्यक्तिको परिचय प्रमाणीकरण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको भन्दै नयाँ प्रविधि प्रयोग हुन थालेको अवस्थामा सरकारले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउन सुरु गरेको हो ।

राष्ट्रिय परिचय पत्र नबनाउनु भएका महानुभाब एवं सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी राष्ट्रिय परिचय पत्र बनाउन सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here