Monday, July 22, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा विद्यार्थीहरुलाई पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउनुपर्ने:मेयर प्रजापति

विद्यार्थीहरुलाई पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापहरुमा संलग्न गराउनुपर्ने:मेयर प्रजापति


भक्तपुर, जेठ ११ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुले विद्यालय तहदेखि गरेको मेहनत र परिश्रमले उज्यालो भविष्य निर्माण हुने बताउँदै प्रतिस्पर्धाको भावनाले परीक्षामा उत्तीर्ण मात्र नभई प्रथम हुने उद्देश्यले अध्ययन गर्न प्रेरित गर्नुभयो ।
बासु माध्यमिक विद्यालयको आयोजनामा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विद्यार्थीहरुलाई पाठ्यक्रमसँगसँग विद्यालयहरुले अतिरिक्त क्रियाकलापहरु संलग्न गराई विद्यार्थीको योग्यता, क्षमता र चाहनाअनुसारको सिकाइ प्रविधि अगाडि बढाउन जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सिंगो देशलाई नै शैक्षिक क्षेत्रमार्फत अगाडि बढाउने उद्देश्यले कलेजहरु सञ्चालन गर्दै देशभरिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको बताउँदै नयाँ पुस्तालाई सभ्य र सुसंस्कृत बनाउन विद्यालयको शैक्षिक जग राम्रो र बलियो हुनु आवश्यक रहेको बताउनुभयो ।
विद्यार्थीहरु अनुशासित, अध्ययनशील र मिलनसार भई अगाडि बढ्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले सामुदायिक शिक्षा राम्रो भए गरिब जनताका छोराछोरीहरुले सुलभ रुपमा शिक्षा हासिल गर्न सकिन्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नपाबाट सञ्चालित विभिन्न कलेजहरुमा धेरै विषयको अध्ययन अध्यापन हुँदै आइरहेको अवगत गराउँदै भक्तपुर नपाले शिक्षामा गरेको लगानी सिंगो देशकै लागि फलदायी भएको बताउनुभयो ।
बासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याइँले बासु माविमा २०८१ सालमा १९० जना नयाँ विद्यार्थी भर्ना भएको तथ्यांक प्रस्तुत गर्दै बासु माविले विद्यालयमैत्री गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो । उहाँले विद्यालय नर्स व्यवस्थापन, स्वास्थ्य शिविरहरु सञ्चालन, पोषणबारे अभिमुखीकरण कार्यक्रमलगायतहरु आयोजना गरी विद्यार्थीहरुलाई सचेत पार्दै आएको बताउँदै अतिरिक्त क्रियाकलापमा पनि बासु माविले जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका सहायक प्रअ रविलाल प्रधान, सहायक प्रअ राजकुमार ह्यौंमिखा, प्रावि इन्चार्ज विष्णुप्रसाद दुमरु, अतिरिक्त क्रियाकलाप समितिका संयोजक रामहरि ताम्राकार, विद्यालय परामर्श समितिका संयोजक रामकुमार निरौला, विद्यार्थी हित समितिका लक्ष्मण कोजु, शिक्षिका सुनिता घटुवालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई पुरस्कार वितरण र नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments