म्यान्मारस्थित नेपाली राजदूतावासमा बुद्धको मूर्तीको प्राण प्रतिष्ठा

0
196

यांगौं , जेठ १० । म्यान्मारस्थित नेपाली राजदूतावासले २५६८ औं बुद्ध जयन्तीको अवसरमा दूतावास प्राङ्गणमा भगवान् गौतम बुद्धको मूर्तीको प्राण प्रतिष्ठा गरेको छ । यांगौंस्थित वनारसी नेपाली विहारका नौ जना भिक्षुहरुलाई आमन्त्रण गरि प्राण प्रतिष्ठा गरिएको हो ।
कार्यक्रममा म्यान्मारका लागि अन्य देशका राजदूत, यांगुनस्थित कुटनीतिक नियोगका पदाधिकारीहरु, संयुक्त राष्ट्र संघका पदाधिकारीहरु, नेपाल धार्मिक गोर्खा संघका अध्यक्ष, म्यान्मार पर्यटन संघका अध्यक्ष, बोधगया तीर्थयात्रा कार्यसमितिका अध्यक्ष लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा म्यान्मारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले भगवान् बुद्धले देखाएको आठ सत्य मार्गहरुका बारेमा प्रकाश पारे । राजदुत घिमिरेले बुद्धको जन्मस्थल लुम्बिनी रहेको देश नेपाल र ९० प्रतिशत जनसंख्या बुद्धधर्मालम्वी रहेको म्यान्मारबीच ऐतिहासिक सम्बन्ध रहेको विषयमा चर्चा गर्दैे भगवान् गौतम बुद्धले २ पटक म्यान्मार भ्रमण गरेको तथा बुद्धका केही कपालहरु यांगुनको बोटातौं प्यागोडामा राखिएको बताए । स्वेडगौंमा राखिएका शाक्यमुनि बुद्ध, क्रकुछन्द बुद्ध, तथा कनकमुनि बुद्धका तस्विरहरु नेपालबाट ल्याएर राखिएको जानकारी पनि उनले दिए । कार्यक्रममा भिक्षुहरुले धर्मदेशना गर्नुका साथै राजदूतावासबाट भिक्षुहरुलाई चिवर दान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here