सुकुलढोका क्षेत्रका पसल व्यवसायीहरुको भेला

0
1045


भक्तपुर, जेठ ९ । भक्तपुर नगरपालिकाको आयोजनामा सुकुलढोका क्षेत्रका पसल व्यवसायीहरुको भेला भनपा सभाकक्षमा बिहिबार सम्पन्न भयो ।
भेलाका अतिथि ७ नं वडाका वडाध्यक्ष उकेश कवाँले भक्तपुरका जनता नागरिक भावना विना बजार व्यवस्थित नहुने बताउनुहुदैं देशमा आर्थिक चलायमान नहुँदा अथवा एक प्रकारको आर्थिक मन्दिको दिशा तर्फ गुज्रिरहेकोले देशका ८० लाख युवाहरु वैदेशिक रोजगारमा जाने गरेको तथ्यांक प्रस्तुत गर्नुभयो ।
नेपालमा उत्पादन नहुँदा बेरोजगारी बढेकोले देश परनिर्भरता तर्फ ढकेलिरहेको जानकारी दिनुहुदैं नो अब्जेक्सन लेटर(एनओसी) लिई दैनिक २४०० जना कक्षा १२ सकेका विद्यार्थी बाहिरिँदा यस बर्षमात्र डेढ लाख विदेशिएको बताउनु भयो । उहाँले बजारमा आर्कषण नबढाई प्रतिस्पर्धामा व्यापार बढाउन गार्‍हो हुने भएकोले दृष्य प्रदुषण हटाउन छट छजा हटाउन पर्ने भएकोले व्यवसायीहरुको सहयोगले नै उक्त कार्य सम्भव हुने बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छेले मानव अधिकार वा स्वतन्त्रताको नाममा अरुलाई हस्तक्षेप गर्न नपाउने बताउनुहुदैं व्यवसाय गर्नेले पनि पर्यटकहरुलाई दृष्य प्रदुषण हुने गरी जथाभावी छटछजा राख्न नहुने र व्यवसायीहरुले व्यवसायको मर्यादा र अनुशासनमा बसी व्यापार व्यवसाय गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका सभापति राजकृष्ण गोराले नगरपालिका साझा संस्था भएकोले आलोचना र आत्मलोचनाबाट नगरबासीहरुलाई सचेत गरी रहेको बताउनुभयो । उहाँले नगरबासीहरुको अमुल्य भोटबाट निर्वाचित गरेकोले जनताको सेवा र सहयोगमा समर्पित भएको बताउँदै सानो नगरमा ठूलो उद्योगधन्दाको सम्भावना नभएकोले पर्यटन व्यवसायबाट नगरबासीहरुको सेवा र आय स्त्रोत बृद्धि गर्ने तर्फ नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ५ का वडासदस्य नारायण प्रसाद त्वानाबासूले नगरपालिका र नगरबासीहरुबीच समन्वय गरी नगरपालिकाको गतिविधि जानकारी दिने व्यापार व्यवसाय राम्रो बनाउन वातावरण तयार गर्न भेला राखेको बताउनुभयो ।


कार्यक्रममा वडानिरिक्षक रामकृष्ण प्रजापतिले भक्तपुर नगरपालिकाले बजारमा छटछजा निकालेपछि विभिन्न स्थानबाट सकारात्मक प्रतिक्रिया आईरहेको बताउँदै बाह्य र आन्तरिक पर्यटकलाई आकर्षण बढाई प्रत्येक पर्यटकले किनमेल गर्ने वातावरण बनि रहेको बताउनुभयो । उहाँले भक्तपुर धुम्न आउनेहरुले भक्तपुरको पसलहरुबाट लताकपडा, लुगाफाटा, जुत्ता, खाद्य पसल लगायत हरेक सामानहरु खरिद गरेर लाने गरी पसलको आकर्षण बढाए पेटी र बाटोमा सामान प्रदर्शन गर्नु आवश्यकता नहुने बताउनुभयो ।
कार्यक्रममा संजय जोन्छे, श्री चरण अमात्य, राजेश बहादुर श्रेष्ठ, मुक्ति सुन्दर श्रेष्ठले पनि छटछजा निकाल्ने बारे विभिन्न जिज्ञासा राख्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
3
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here