भक्तपुर, बैशाख ३० ।भक्तपुर नगरपालिकाले किसानहरुलाई धानको बीउ तथा कम्पोस्ट मल वितरण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भक्तपुर नगरका कृषकहरूलाई ताईचिन धानको बीउ प्रतिकिलो रु. ११०/- को ५० प्रतिशत रकम सहुलियत दरमा वितरण गर्न लागेको हो । साथै भक्तपुर नगरपालिकाबाट उत्पादन गरिएको कम्पोस्ट मल २०८१ असार मसान्तसम्मको लागि २० किलो प्रतिबोराको रु. २००/- (दुई सय) मा वितरण गर्ने सूचनामा उल्लेख छ ।
नगरपालिकाले कृषकहरूलाई जग्गा धनी प्रमाणपुर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपिको साथमा वैशाख २८ गतेदेखि सम्बन्धित वडामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1