भक्तपुरमा क्वारेन्टाइन र भेटनरी चेक जाँच बिना खसीबोका बिक्रीवितरण,अनुगमन कडा गरिदै

0
634

भक्तपुर, बैशाख २७ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा खसी बजार भेलुखेलमा देवालीलाई मध्ये नजर गरी बोका बिक्रि बजार अनुगमन गरियो । अनुगमनमा क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास बिना स्वस्थ वा बिरामी, उपभोक्ताले उपभोग गर्न मिल्ने नमिल्ने परिक्षण बिना बोका ओसारपसार गरी स्थानीय सरकार नगरपालिकामा समेत स्विकृति बिना विक्रि वितरण गरेको पाइएको संयोजक गोराले बताउनुभयो ।


अनुगमनमा भिमबहादुर तामाङले अनुमतिबिना रामेछाप सुनापति गाउँ पालिकाबाट बोका ल्याई क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना २० वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो भने शिब श्रेष्ठले रामेछाप खाँडादेबीबाट क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना २८ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै नरबहादुर श्रेष्ठले रामेछाप डोरम्बाबाट क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना २६ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै सुरोज श्रेष्ठले चित्लाङबाट क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना ३५ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै बाबुकाजी धौगोडा रामेछापबाटै क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना २८ वटा बोका ल्याई नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । त्यस्तै रामेछाप चौपाया खरिदविक्रि रामेछाप बेथानबाट क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना २१ वटा बोका ल्याई र दिउँसो २५ वटा ल्याउने गरी जम्मा ४६ वटा बोकाको नगरपालिकालाई तिनुपर्ने राजस्व समेत नतिरि विक्रिवितरण गरेकोले पसल नविकरण गरी आजै नगरपालिकामा कागजात सहित उपस्थित हुन निर्देशन दियो । न्हुछेराम सप्लायर्स र आयन्स सप्लायर्सलाई नविकरण गर्न क्वारेन्टाइन चेक जाँच बिना र भेटनरीको जाँचपास कागजात बिना विक्रिवितरण नगर्न निर्देशन गरेको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनु भयो ।
अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका हरिहर काफ्ले, महानगरीय प्रहरी प्ररिसरका प्रहरी लब कस्पाल, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग बाणिज्य संघ भक्तपुरका राजेश त्वानाबासु र पशु सेवा कार्यालयका पार्वती योञ्जन लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here