भक्तपुरको एक प्लाई उद्योगमा आगलागी हुँदा १ करोड ७५ लाख बराबरको क्षति

0
1365

बैशाख २३, भक्तपुर । भक्तपुरमा गएराति चाङ्गुनारायण नगरपालिका वडा न २ स्थित दुवाकोटमा सन्तोषमान श्रेष्ठ र निमा चौधरीले संचालन गरेको ज्योती प्लाई उद्योगमा आगलागी भएको छ ।
अचानक आगलागी हुँदा सो उद्योगमा रहेको रिप्सो मेसिन १ थान, प्लेन्ट मेशिन १ थान, कटर मेशिन ६ वटा, सेन्डिङ मेशिन १ वटा, उद्योगमा रहेका कच्चापदार्थहरु र बा १२ च ९६१४ को टाटा डि आई गाडी जलि नष्ट भएको जुद्धवारुण यन्त्र कार्यालय भक्तपुरले जनाएको छ ।
उक्त आगलागिमा परि सोही उद्योगमा काम गर्ने १ जना मजदुर घाइते भएको समेत जनाएको छ ।
आगलागी नियन्त्रण भक्तपुर बारुण यन्त्र, काठमाडौ बारुण यन्त्र, र ललितपुर बारुण यन्त्रको संयुक्त प्रयासमा गरिएको थियो ।
आगलागी हुँदा साहुको भनाई अनुसार १ करोड ७५ लाख बराबरको क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here