बैशाख २३, भक्तपुर । बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ ।
बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०८१।०१।१२ को बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू हुने दिनको अवसरमा उक्त दिन विदा दिएको हो ।
२०८१ बैशाख २४ गतेका दिन बागमती प्रदेशका सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको राजपत्रमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
8
+1
37
+1
5
+1
19


















