देशभरका विपन्न बिरामीको उपचार उपचार निःशुल्क गर्छौँ : बालेन

0
357

काठमाडौं : काठमाडौं महानगरपलिकाका प्रमुख बालेन शाहले देशका जुनसुकै भागका गरिब तथा असहायको उपचार निःशुल्क गर्ने बताएका छन् । 

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले आफु बसाेबास गरेकाे सम्बन्धित स्थानीय तहको सिफारिस लिएर आएमा महानगरले निःशुल्क उपचार गर्ने बताएका छन्। सामाजिक सञ्जालमा महानगरसँग  ५२ अस्पतालका ३७४ बेड रहेको बताइएकाे छ ।

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला’, उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ।’ यसकाे लागि सम्पर्क : ११८० (1180) वा काठमाडौँ महानगर स्वास्थ्य विभागमा सम्पर्क गर्न सकिने बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here