बैशाख ५, भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको अन्तिम दिन तालाक्वस्थित कुम्हाले टोलमा ल्हा मरुम्ह योसिँद्योः अर्थात हात नभएको योसिँद्योः ढालिएको छ।
गत वर्षको अन्तिम दिन चैत ३० गते ठड्याइएको उक्त हात नभएको योसिँद्योः बुधबार बिहान १० बजेर २४ मिनेटमा स्थानीयहरुको सहभागितामा ढाालिएको हो। प्रत्येक वर्ष चैत मसान्तका दिन योसिँद्योः ठड्याउने र वैशाख ५ गतेका दिन ढाल्ने परम्परा छ।
नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा बुधबार सकिँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















