मुक्तिसुन्दर जधारीको “विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा” नामक पुस्तक लोकार्पण 

0
1125

चैत २९, भक्तपुर । मुक्ति संगीत प्रशिक्षण केन्द्र, लैको को आयोजनामा मुक्तिसुन्दर जधारीद्वारा लिखित विश्व प्रसिद्ध भक्तपुरको बिस्काः जात्रा” नामक पुस्तक लोकार्पण कार्यक्रम बिहिवार एक समारोहविच सम्पन्न भयाे ।

कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका केन्द्रिय सदस्य  एवं बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाईले पुस्तक विमोचन गर्नुहुदै उहाँले भक्तपुरमा जात्रा, पर्व, सस्कृति जिवन्त रहेको उल्लेख गर्नुहुदै कामदार वर्गले संस्कृति संरक्षण गर्दै आएको चर्चा गर्नुभयो । उहाँले हाम्रा पुर्खाहरु बैज्ञानिक रहेको र भैलख निर्माणको कलात्मक प्रबिधि विश्वकै लागि अनुपम नमुना रहेको र यसमा सर्वसाधारण जनताहरु सर्वोपरि भएको बताउनुभयो ।

साथै पुस्तक प्रकाशन एक महत्त्वपूर्ण उपलब्धि भएकोले यसलाई निरन्तरता दिनुपर्ने र पुस्तकको अन्तरक्रिया पनि गर्नुपर्ने कुरामा जोड दिनुभयो । बिस्का: जात्रा संसार भरि प्रसिद्ध रहेकोले कला संस्कृति जगेर्ना गर्दै पुस्तान्तरण गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

भक्तपुर जात्राको राजधानी रहेको चर्चा गर्नुहुदै इतिहासविद पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरको बिस्का: जात्रा संसार भरि प्रसिद्ध रहेकोले पुस्तक विमोचनले बिस्का जात्राको अध्ययन अनुसन्धान गर्ने शोधार्थी तथा अनुसन्धानकर्तालाई मदत पुग्ने बताउनुभयो ।

त्यस्तै गुठी संस्थान कार्यालय भक्तपुरका कार्यालय प्रमुख खिमा ओलीले शुभकामना दिनुहुदै बिस्का: जात्रासम्बन्धि पुस्तक मेहनत गरि प्रकाशन गरेकोमा आउँदा दिनमा थप खोज तथा अनुसन्धान गर्न समेत अनुरोध गर्नुभयो ।

विस्का:जात्राप्रेमी अनन्तप्रसाद धौभडेलले पुस्तक प्रकाशन गरेकोमा धन्यवाद दिनुहुदै अहिले बिस्का: जात्रा अपभ्रंश भै बिस्केट जात्रा रहनु दु:खद कुरा भएको बताउनुभयो । पुस्तकले भक्तपुरको गौरव राख्न सफल हुने र पुस्तक अध्ययन गरि कमिकमजोरी औल्याउनुपर्ने बताउनुभयो ।

संस्कृतिकर्मी तथा अभियन्ता गणेशराम लाछिले संगीत प्रवर्द्धनमा परिवार लागि पर्नु स्वागतयोग्य भएको र नेवार समुदायमा हराएको मुहाली बाजा संरक्षणमा मुक्ति प्रतिष्ठानको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । भक्तपुर नाचगान र जात्राको सहरको रुपमा परिचीत भएकोले अमुर्त सम्पदामा पनि विश्व सम्पदा सुचिमा राख्न पहल गर्नुपर्ने बताउनुभयो ।

अतिथि नेपाल चेम्बर्स अफ कमर्सका केन्द्रिय सदस्य रोशन भोयद्योले मुक्ति प्रतिष्ठानले भक्तपुरको परम्परागत देवी नाच साथै मौलिक संस्कृतिमा नयाँ पुस्ता तयार गरिदै आएको सराहनीय काम भएको बताउनुभयो । 

लेखक मुक्ति सुन्दर जधारीले कुनै पनि पुस्तक लेखन सहज नभएको र पुस्तकमा समावेश भएका लेखहरुमा सल्लाह सुझावको अपेक्षा गर्नुभयो ।

उक्त कार्यक्रममा प्रतिष्ठानका सचिव मन्तब्य रशिक जधारीले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रतिष्ठानका अध्यक्ष रोशिका जधारीको सभापतित्वमा सम्पन्न भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here