चैत २२, भक्तपुर । भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता यहि चैत २५ गते बाट वितरण हुने भएको छ ।
नगरपालिकाले सूचना प्रकाशित गर्दै आ.व. २०८०/८१ को सामाजिक सुरक्षा भत्ताअन्तर्गत तेस्रो त्रैमासिक (२०८० माघ, फागुन र चैतको) भत्ता सम्बन्धित बैङ्कहरूमा EFT मार्फत भत्ता जम्मा भइसकेको जानकारी दिइएको छ भने रकम वितरण २५ गतेबाट मात्र हुने बताइएको छ ।
साथै अशक्त, अपाङ्गता भएकाहरूको लागि घर घरमै भत्ता वितरण गरिने समेत सूचनामा उल्लेख छ ।
नगरपालिकाले प्रकाशित गरेको सूचना यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
4
+1
+1
+1
1


















