चैत १९, भक्तपुर । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको छ भने अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत राखिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज ३१ मार्च २०२४ (चैत्र १८, २०८० मा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर रु. ४।७६ ले बढेर आएको तथा डिजेल र मट्टितेलमा रु. ०३९, हवाई इन्धनमा रु. ०३८ र एल. पी. ग्यासमा प्रति सिलिण्डर रु.२७ । ४४ ले घटेर आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
1


















