चैत १७, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले पुँजीवादी व्यवस्थामा गरिब जनताको भलो नहुने स्पष्ट पार्दै सरकारले ७ वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने र हरेक जिल्लाबाट एक जना छात्रालाई सरकारले छात्रवृत्ति प्रदान गरी एमबीबीएस पढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूबिच भेटघाट तथा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “क्युवाली डाक्टरहरू ६० वटा देशमा तीस हजारभन्दा बढी सेवारत छन् । नेपालका डाक्टर र स्वास्थ्यकर्मीहरू पैसाको लागि बिदेसिनु विडम्बनाको कुरा हो ।”
उहाँले स्वास्थ्यकर्मीहरूले जनताको सेवालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने र बिरामीहरूप्रति नम्र र शिष्ट भई स्वास्थ्य सेवा दिनुपर्ने सुझाव दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















