Monday, February 2, 2026

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

चैत १९, भक्तपुर । भक्तपुर अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रमका लागि सुझाव मागेको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको जनाइएको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयका सम्बन्धमा अमूल्य सुझाव आगामी २०८१ वैशाख मसान्तभित्र दिन सकिने सूचनामा उल्लेख छ ।

सुझावको लागि मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab मार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0