भक्तपुरको नः पुखु परिसरमा घरेलु उत्पादन मेला सुरु, मेला शनिबार पनि रहने

0
1096
भक्तपुरको नः पुखु परिसरमा घरेलु उत्पादन मेला सुरु, मेला शनिबार पनि रहने

चैत १६, भक्तपुर ।सँस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन भन्ने नाराका साथ भक्तपुरमा यहि चैत्र १६ गतेबाट भक्तपुरको नः पुखुमा घरेलु उत्पादन मेला – २०८० सुरु भएको छ ।
भक्तपुर नगरपालिका वडा न २ स्थित नः पुखु परिसरमा सुरु भैरहेको मेलामा भक्तपुरका मौलिक उत्पादनहरू जु जु धौ, भादगाँउले टोपी, हाकुपटासी, घरबुना कपडा बुनाई, माटाका भाडाहरू, काष्ठकला प्रदर्शनीका लागि राखिएका छन् ।
त्यस्तै नर्सरीमा विभिन्न जातका फलफुल तथा फुलका विरुवाहरु पनि बिक्रिका लागि राखिएका छन् ।
परम्परागत तान बुनाई र ताईचिन बजि बनाउने बिधिको जिवन्त प्रदर्शनी समेत दर्शकले हेर्न सकिन्छ ।


मेलामा अवधीभर भक्तपुरका मौलिक नेवारी खानाका परिकारहरू समेत रहने बताइएको छ भने च्याउला परिकारले बनेका खाद्य स्थल पनि बन्दोबस्त गरिएको छ ।
संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८० उद्योग तथा वाणिज्य कार्यालयको सहकार्य तथा भक्तपुर पर्यटन विकास समितिको संयोजनमा भएको हो । मेला चैत्र १७ गते पनि बिहान १० बजेदेखि साँझ ६ बजेसम्म नःपुखु परिसरमा गरिने र प्रवेश शुल्क निःशुल्क गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here