चैत्र १६, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने बताउनुभयो । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा भएको ‘संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि घरेलु उत्पादन मेला २०८०’ कार्यक्रममा उहाँले उक्त कुरा राख्नुभएको हो ।
नःपुखु परिसरमा सञ्चालित दुईदिने घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि सुवालले मेला सफलताको शुभकामना दिँदै नेपालले विदेशी पर्यटनमा मात्र भर पर्न नहुने बताउँदै आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेपालको प्राकृतिक एवम् सांस्कृतिक सम्पदाको रुपमा रहेको जलमार्ग, पदमार्ग र हवाई मार्ग ध्वस्त बनाउने काम हुँदा पर्यटन प्रवद्र्धमा समेत बाधा पुगिरहेको बताउँदै उहाँले सरकारी र सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा कब्जा हुँदा समेत त्यस्तो विषयमा कारबाही हुन नसक्नुमा सरकार नै दोषी रहेको बताउनुभयो ।
सरकारको नाममा दर्ता भएको जग्गा सरकारकै मातहतमा हुनुपर्ने बताउँदै उहाँले नेपालका उच्च ओहोदामा बस्नेहरुले देशको विषयमा सोचेर मात्र देशको पक्षमा आवश्यक निर्णय लिनुपर्ने बताउनुभयो । व्यक्तिवादी सोच र स्वार्थी भावनाले काम गर्दा देशको स्वाभिमानमा आँच पुग्ने काम भइरहेको बताउँदै उहाँले घरलु तथा साना उद्योग प्रवद्र्धनमा सरकारकै
कृषि क्षेत्रको विकास हुन नसक्दा नेपाल आर्थिक रुपले झन् झन् कमजोर हुँदै गइरहेको बताउँदै उहाँले नेपालको सुरक्षा मामिला भारतमा निर्भर हुँदा नेपाल आर्थिक र राजनीतिक रुपमा भारतनिर्भर हुँदै गइरहेकोतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
देशको उद्योग तथा व्यापार बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















