चैत १५, भक्तपुर । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य सुरु भएको छ ।

बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्रांगणमा भैल खः बनाउन सुरु गरिएको हो ।

जात्राको लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ निर्माणमा अहिले स्थानीयहरु जुटेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको बिस्का जात्रा नयाँ वर्षको चार दिनअगाडि भैरवनाथ र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालि बिस्का जात्रा चैत्र २७ गतेदेखि सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















