चैत ४, भक्तपुर । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा समसायिक विषय र नियमित बैठक भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा शनिवार बज्र गेष्ट हाउस एण्ड रेष्टुराँमा शनिवार सम्पन्न भयो ।
प्रमुख अतिथि उकेश कवाँले केन्द्रीय कबड्डी संघले भक्तपुरलाई विभेद गरेका कारण अन्तर नगर महिला कबड्डी गर्नुपरेको बताउनुभयो । उहाँले अन्तर नगर कबड्डी प्रतियोगिता असफल पार्न दुई टिमको सुपर लिग र हप्ता दिनमा अन्तराष्ट्रिय कबड्डी घोषणा गरेको मञ्चबाटै अन्तराष्ट्रिय रेफ्रि विनोद प्रजापतिले बोलेको बताउनुभयो । उहाँले समाजवादमा मात्र सम्पूर्ण युवाहरुले खेल्न अवसर मिल्ने बताउँदै नेमकिपाले जनताको प्रजातन्त्र हुँदै समाजवाद पुग्ने लक्ष्य लिएको बताउनभुयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले आफ्नै खुट्टामा उभिएर खेलकुदको विकास गर्नुपर्ने बताउँदै खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्न प्रतियोगिताहरु संचालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार केशब त्वनाबासुले स्वागत र कोषाध्यक्ष लक्ष्मी प्रसाद चवालले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा बक्सिङ प्रशिक्षक केदार तुईतुई, राजकुमार लघु, गणेश सांगामी, आशराम सुवाल, सुरोज ग्वाछा, दयाराम बेकोजु, दिनेश बासुकला, दर्शन मानन्धरले पनि खेलकुद र अन्तरनगर प्रतियोगिता बारे विभिन्न जिज्ञासा राख्नु भएको थियो ।
समाजवादमा मात्र सम्पूर्ण युवाहरुले खेल्न अवसर पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















