चैत ४, भक्तपुर । भक्तपुरमा यहि चैत २४ गते शनिबार दत्तात्रयमा धिमे बाजा प्रतियोगिता हुने भएको छ ।
केन्द्रीय मानन्धर संघको आयोजनामा भक्तपुर जिल्ला मानन्धर युवा संघको संयोजनमा तथा काठमाण्डौ महानगरपालिकाको सहकार्यमा धिमे बाजा प्रतियोगिता हुन लागेको आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले धिमे २ वटा, भुछ्या २ जोर नगद २५००० हजार, दोस्रो हुनेले धिमे १ वटा र भुछ्या १ जोर नगद १५००० हजार, तेस्रो हुनेले धिमे १ वटा नगद १०००० हजार र चौथो देखि दसौं हुने प्रतियोगिलाइ भुछ्या १-१ जोर पाउने जनाइएको छ ।
प्रतियोगितामा सहभागी बन्न फाराम भर्ने अन्तिम मिति २०८० चैत्र १६ गते शुक्रबार सम्म रहेको र दर्ता शुल्क प्रति समूह रु १००० तोकेको छ भने ५० वटा समुह मात्र समावेश गरिने आयोजक समितिले जनाएको छ ।
फाराम बुझाउने स्थानः
क) केद्रिय मानन्धर संघ, छेत्रपाटी, काठमाडौं ।
ख) मानन्धर व्यायाम मन्दिर, साकोलान, भक्तपुर ।
ग) T.V. Point शंखधर चोक, थिमि ।
घ) वाख्यो दाफा भजन खलः बनेपा ।
भक्तपुरको दत्रात्रयमा चैत २४ गते बागमती प्रदेश स्तरीय पहिलो धिमे बाजा प्रतियोगिता हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1


















