फाल्गुन २७,ललितपुर ।
स्थानीय राजनीतिका लोकप्रिय अगुवा नरसिंह ब्यञ्जनकारको आज निधन भएको छ। २०२९ सालदेखि लगातार २०७४ सम्म वडा अध्यक्षको रुपमा रहँदै आएका ८२ वर्षीय ब्यञ्जनकार ललितपुर महानगरपालिका वडा नं. १० का स्थायी बासिन्दा हुनुहुन्थ्यो।
वि.सं. २०२९ मा पहिलोपटक वडा अध्यक्ष चुनिएका ब्याञ्जनकरले त्यसपछि लगातार १० पटकसम्म निर्वाचनमा जित हासिल गरेका थिए। स्वतन्त्र उम्मेदवारकै रुपमा चुनावमा जित हासिल गरेको उहाँको इतिहास रहेको छ। जनसेवालाई प्राथमिकता दिने र दलीय राजनीतिभन्दा जनतालाई महत्त्व दिने उहाँको यो अवधारणाले स्थानीय मतदातामा लोकप्रियता कमाएको थियो।
फ्रेण्ड्स क्लब कोपुण्डोलका संस्थापक समेत रहेका विनम्र र सहज व्यवहारका ब्यञ्जनकार लामो समयसम्म स्थानीय निकायमा सेवा गरेबापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट समेत सम्मानित भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
1


















