भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता आजबाट सुरु

0
568


फागुन २९, भक्तपुर । भक्तपुर नपाको आयोजनामा भएको महिला कबड्डी प्रतियोगिता अन्तर्गत भक्तपुर नपा र मध्यपुर नपाविच भएको खेलमा भक्तपुर नपाले मध्यपुर नपालाई ५७—२२ अंकले पराजित गर्यो । उक्त खेलमा राष्ट्रिय खेलाडी पुजा दुवाल म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै मेलौली नपा र सिद्धिचरण नपाविच भएको खेलमा मेलौले नगरपालिकाले सिद्धिचरण नपालाई ७८—१७ पराजित गरेको छ भने मेलौली नपाका जयन्ती बडु म्यान अफ द म्याच घोषित भएका छन् ।
भिमदत्त नपा र किर्तिपुर नपाबिचको खेलमा भिमदत्त नपाले ८६ अन्कका साथ जित हासिल गरेको छ । उनले प्रतिद्वन्दी किर्तिपुरलाई ८६-१६ को फराकिलो अन्तरले पराजित गरेको हो । उक्त खेलमा भिमदत्त नपाका मानमति विष्ट म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै पनौति नपा र बनेपा नपाविच भएको खेलमा पनौतिले अग्रता लिएको छ । पनौति नपाले प्रतिद्वन्दी बनेपा नपालाई ५७-३२ अन्कले पराजित गरेको छ । सो खेलमा पनौति नपाका रुबिना बस्नेत म्यान अफ द म्याच घोषित भएका छन् ।
सोहि दिन भएको गोदावरी नपा र महाकाली नपाविच भएको खेलमा महाकाली नपाले गोदावरी नपालाई ४३-१७ ले पराजित गरेको छ । उक्त खेलमा महाकाली नपाका वर्षा बोहरा म्यान अफ द म्याच घोषित भएका छन् ।
बाकि खेलहरु फागुन ३० गते बिहान ८ बजेबाट सहिद स्मृति खेल मैदानमा हुने आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here