महिला कबड्डी प्रतियोगितामा १७ वटा नगरपालिकाको सहभागीता, प्रथम हुनेले १ लाख ५० हजार पाउने

0
544

फागुन २७, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म हुने अन्तर नगर महिला कबड्डी प्रतियोगितामा देशका विभिन्न १७ वटा नगरपालिकाहरुको सहभागिता रहने जनाइएको छ ।
आइतबार भएको अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे पत्रकार भेटघाट कार्यक्रम उक्त जानकारी दिइएको हो ।


कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख, तेस्रो र चौथोलाई रु. ५०/५० हजार प्रतिसमूह नगद पुरस्कारको व्यवस्था रहेको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिइएको छ ।


अन्तर नगर महिला कबड्डी प्रतियोगितामा हालसम्म महाकाली नगरपालिका– दार्चुला, मेलौली नगरपालिका – बैतडी, भिमदत्त नगरपालिका – कन्चनपुर, बुटवल उपमहानगरपालिका, कलैया उपमहानगरपालिका – बारा, सिद्धिचरण नगरपालिका– ओखलढुंगा, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, गोदावरी नगरपालिका– ललितपुर, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, पनौति नगरपालिका, बनेपा नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका गरी १७ वटा महानगरपालिका तथा नपाहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन फागुन २९ गते मङ्गलबार नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष श्री नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सहिद स्मृति खेल मैदानमा हुने नगरपालिका स्रोतले जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here