फागुन २९ देखि भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

0
317

फागुन २६, भक्तपुर । भक्तपुरमा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा देशैभरका विभिन्न नगरपालिकाहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगिताको उद्घाटन फागुन २९ गते मङ्गलबार नेपाल मजदुर किसान पार्टीका श्रद्धेय अध्यक्ष श्री नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यमा सहिद स्मृति खेल मैदानमा हुने नगरपालिका स्रोतले जानकारी दिइएको छ ।
प्रतियोगिताको पुर्व सन्ध्यामा फागुन २९ गते बिहान १० बजे दत्तात्रयबाट र्‍याली भइ गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिद स्मृति खेल मैदानमा उद्घाटन हुने कार्यक्रम तय गरिएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा २०५५ सालदेखि हरेक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here