दुधपाटी स्थित भाजुपुखू र जलेश्वर मन्दिरको उद्घाटन शिवरात्रीमा हुने

0
937
default


फागुन२२, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं. १, दुधपाटी स्थित भाजुपोखरी र जलेश्वर मन्दिरको उद्घाटन २०८० फागुन २५ गते शुक्रबार एक कार्यक्रम बिच हुने भएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यमा ऐतिहासिक भाजुपुखू र पुखूको मध्यभागमा पुनःनिर्माण गरिएको जलेश्वर मन्दिरको उद्घाटन हुने नगरपालिकाको सूचना उल्लेख छ ।
बिहान १०:३० बजे नासमनाबाट र्‍याली सुरु भइ वंशगोपाल, भार्वाचो हुँदै भाजुपुखूमा कार्यक्रम हुने र प्रमुख अतिथिबाट “भाजुपुखू र जलेश्वर मन्दिर पुनर्निर्माण” पुस्तक विमोचन हुने समेत जनाइएको छ ।
भाजुपोखरी भक्तपुर बहुमुखी क्याम्पसको उतरतर्फ र सिद्धपोखरीको दक्षिणतर्फ अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here