ख्वप विश्वविद्यालय विधेयकलाई सक्दो चाँडो समितिबाट अगाडि बढाइने: सभापति

0
501


फागुन ४, भक्तपुर ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संघीय संसद, प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसमक्ष ‘ख्वप विश्वविद्यालय विधेयक २०८०’ समितिबाट अगाडि बढाउन शुक्रबार अनुरोध पत्र हस्तान्तरण गर्नुभयो ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेमकिपाका सचिव प्रेम सुवाल समेतको उपस्थिति रहेको उक्त बैठकमा नगर प्रमुख प्रजापतिले नेपालको संविधान २०७४ मा शिक्षा संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेको हुँदा भक्तपुर नगरपालिकाको संरक्षकत्वमा रहने गरी ख्वप विश्वविद्यालय स्थापना गर्न “ख्वप विश्वविद्यालय विधेयक २०८०” संसदबाट पारित गर्ने प्रक्रिया अगाडि बढाउन सभापति जोशीसमक्ष अनुरोध गर्नुभएको हो ।
सोही क्रममा सभापति जोशीले भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेको कार्य देशकै लागि नमुना भएको बताउँदै विभिन्न विज्ञहरुसँग छलफल गरी ख्वप विश्वविद्यालय विधेयकलाई सक्दो चाँडो समितिबाट अगाडि बढाइने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका विषयमा उदाहरणीय कार्य गर्दै विभिन्न विषयको अध्ययन, अध्यापन गर्न कलेजहरूसमेत सञ्चालन गर्दै देशभरीका विद्यार्थीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको अवगत गराउनुभयो ।
नगर प्रमुखद्वारा हस्तान्तरण गरिएको अनुरोध पत्रमा भक्तपुर नगरपालिकाले वि।सं। २०५६ सालमा ख्वप उच्च मा।वि।, २०५८ सालमा ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इञ्जिनियरिङ, र २०७९ सालमा ख्वप कलेज अफ लको स्थापना गरी सञ्चालन गरिएको व्यहोरा उल्लेख छ ।
साथै कलेज स्थापनादेखि हालसम्म ख्वप उच्च मा।वि। मा २३ हजार ७४५, ख्वप इञ्जिनियरिङ कलेजमा ५ हजार ४५, ख्वप कलेजमा ८ हजार ७३३, ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा १ हजार ५५४, ख्वप कलेज अफ इञ्जिनियरिङमा २ हजार ६ सय १ र ख्वप कलेज अफ लमा १ सय २० गरी जम्मा ४१ हजार ७९८ जना विद्यार्थीहरु भर्ना भएका र यी संस्थाहरूमा हाल देशका ७७ वटै जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गरिरहेको व्यहोरा समेत उक्त पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्रमा उच्च शिक्षा र अनुसन्धानलाई उत्पादन श्रमसँग मिलाई दक्ष जनशक्ति तयार गर्न भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई समेत समेटी कला, संस्कृति, विज्ञान, अर्थशास्त्र, प्रविधि, चिकित्सा शास्त्र, शिक्षा, व्यावसायिक विषय तथा अन्य आवश्यक विषयमा अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न, सर्वसुलभ र गुणस्तरीय शिक्षामा सर्वसाधारणको पहुँच पु¥याउन ख्वप विश्वविद्यालय स्थापनाको लागि निरन्तर प्रयाश गर्दै आएको व्यहोरा उल्लेख छ ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सदस्यहरु, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here