सञ्चार रजिष्ट्रारको कार्यालयको आयोजनामा लघु चलचित्र पटकथा लेखन कार्यशाला चितवनमा शुरु

0
172

फागुन ३, चितवन । बागमती प्रदेशका बिषयवस्तुमा आधारित संस्कृति र पर्यटन प्रबद्र्धनमा योगदान पुरयाउने र मौलिक चलचित्र निर्माणलाई प्रोत्साहित गर्ने उद्देश्यले सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले लघु चलचित्र पटकथा लेखन कार्यशाला चितवनमा आजदेखि शुरु गरेको छ ।
माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त कार्यशालाममा लघु चलचित्र निर्माणमा रुची राख्ने २३ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको रहेको छ ।

बागमती प्रदेशले चलचित्रका क्षेत्रमा काम गर्न थालेको पहिलो कदम भएको बताउदै बागमती प्रदेश संचार रजिस्ट्रार कार्यालयका संचार रजिस्ट्रार रेवती सापकोटाले सहभागीहरुको उत्साहपुर्ण सहभागिताले थप मजबुद बनाउन र आगामी दिनमा मौलिक चलचित्र निर्माणमा योगदान पुग्ने बताइएको छ ।
कार्यशालामा Reverse Engineering बिधिबाट कथालाई पटकथामा रुपान्तरण गर्ने, उत्कृष्ट पटकथामा लघु चलचित्र निर्माण गर्न प्रोत्साहन बृत्ति दिने योजना रहेको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here