जलाउँदै गरेको लास लिखु खोलाले बगायो : केही मलामी सम्पर्क विहीन

0
319

माघ १३, रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । लास लिएर गएका केही मलामी समेत सम्पर्क विहीन रहेको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा बिहीबार आत्महत्या गरेर ज्यान गुमाएका बाल्दिङका ३२ वर्षीय झपट थापा (विदुर) को शव जलाउने क्रममा ड्याम जलविद्युत आयोजनाले खोलिदिएपछि लास बगाएको स्थानीय राजेन्द्र बस्नेतले जानकारी दिए । पोष्टमाटम पछि शव लिएर गएका मलामीहरू पनि केही सम्पर्कमा नआएको बस्नेतले जानकारी दिए ।
स्थानीय बस्नेतले भने ‘हामी ५०÷६० जना थियो । अहिले हामी केही यहीँ छौँ, साथीहरू सबै हराए को–को के–के भए थाहा भएन । करिब ६ बजे तिर एक्कासि खोला आयो हामी भागेर माथि आयौँ । जल्दै गरेको शव माथिबाट एक्कासि खोलो बग्यो ।’ लास लग्यो । अँधेरो भएको कारण साथीहरू कता कता भागे थाहा छैन । हामी साथीहरूको खोजीमा छौँ उनले भने ।
त्यस्तै घटना बारे किन्जा प्रहरी चौकीका प्रहरीलाई बुझ्दै आफूहरू घटना स्थल तर्फ जाँदै गरेको बताउँदै बताए प्रहरीले पनि ‘हामी जाँदै छौँ, केहीलाई बगाएको हो कि भन्ने आशङ्का भएको छ । अहिले यसै भन्न सक्ने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here