एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

0
326

माघ ५, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा एडभान्स सिलाइ तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सिकेका कुराहरु व्यवहारिक रुपमा लागु गर्नुपर्ने जोड दिनुहुदै असफलताबाट ज्ञान प्राप्त गर्न सकिने बताउनुभयो । व्यक्तिमा कुनै न कुनै सिप भएमा स्वाभिमानी भएर बाच्न सकिने र वर्तमान समयमा प्रविधि सँग नजिक हुनुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा वडा न ८ का वडा अध्यक्ष कृष्ण प्रसाद कोजुले तालिम पछि निरन्तरता दिनुपर्ने र नेवारी भाषा तथा सभ्यतालाई जिवन्तता दिन पुस्तालाई सिकाउनु पर्ने बताउनुभयो ।

त्यस्तै १० वडाका वडा अध्यक्ष लक्ष्मि प्रसाद ह्यौमिखाले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने र तालिम अवधिमा सिकेका कुरा आत्मसाथ गर्दै त्यसको सदुपयोग गर्नु पर्ने समेत बताउनुभयो ।

महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैया सुवालले सिप भएमा रोजगार सहजै प्राप्त गर्न सकिने र बेरोजगारी समस्या समाधान हुने आमेत बताउनुभयो । साथै उहाले समाज परिवर्तनको लागि समाजमा कानुनी शिक्षा समेत दिनुपर्ने भन्नुभयो ।

तालिममा प्रशिक्षक कमला शाक्य, प्रशिक्षार्थी निर्मला ख्याजु र वडा सदस्य विष्णु केशरी दुवाल, वडा सदस्य सुमित्रा बोहजुले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here