उदय साकोसद्वारा विभिन्न सहकारीको अध्ययन भ्रमण

0
199

पुष २७, ओखलढुंगा । उदय बचत ऋण सहकारी संस्थाको अध्ययन भ्रमण ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिका स्थित सूर्योदय बचत तथा ऋण सहकारी र मानेभञ्ज्याङ गाउँपालिका स्थित लिब्जु भुम्जु बचत तथा ऋण सहकारी संस्थामा सम्पन्न भएको छ ।

भ्रमणमा उदय साकोसका अध्यक्ष रामकृष्ण प्रजापतिले भादगाउँले टोपी र मायाको चिनो प्रदान प्रदान गर्दै समुदायमा आधारित सहकारीले समुदायको विश्वास जित्नुपर्ने बताउनुभयो ।

अध्ययन भ्रमणको क्रममा उदय साकोसका उपाध्यक्ष न्हुछे बहादुर प्रजापतिले समुदायका सदस्यहरूको भावना अनुरुप विभिन्न आरोह अवरोह लाई व्यक्तिगत स्वार्थ भन्दा नीतिगत नियम व्यवहारिक लानुपर्ने बताउनुभयो ।

उहाँले समस्याग्रस्त सहकारीको उत्थान र निरन्तरताका लागि आर्थिक पक्ष भन्दा पनि स्वयंसेवककाे रूपमा लाग्न जोड दिनुभयो ।

उदय साकोसका सचिव दिल प्रसाद प्रजापतिले विश्वमा आएको आर्थिक मन्दीबाट सदस्यहरूको ऋण चुक्ताको लागि लिलामी प्रक्रिया भन्दा उपसमिति तथा संचालकले घरदैलो अभियानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सूर्योदय साकोसका अध्यक्ष ओम बहादुर विश्वकर्माले सहकारी आन्दोलनको आँखा छल्ने प्रवृत्ति माैलाईरहेको बताउँदै घरजग्गालाई धितोको रूपमा प्रयोग नरहेको र सहकारीको उत्थानकाे लागि अनावश्यक कर प्रणाली हटाउनुपर्ने बताउनुभयो ।

सूर्योदय साकोसका व्यवस्थापक गोपाल गिरीले दुई सहकारीको परिचयात्मक कार्यक्रममार्फत मित्रता र भाइचारा सुरुवात बताउँदै स्वागत गर्नुभयो ।

लिब्जु भुम्जु साकोसका अध्यक्ष अमृत बहादुर राईले रेमिट्यान्समा आधारित सहकारीका सदस्य काठमाडौं लगायत सुलभ ठाउँमा जाँदा बचत र आर्थिक कारोबारमा समस्या रहेको बताउनुभयो ।

लिब्जु भुम्जु साकोसका प्रबन्धक कविन राईले आर्थिक मन्दीमा हल्लाको भरले बचत फिर्ता लिने र आम्दानीको स्रोत न्यून भएका सदस्यले नियमित बचत नगरिदिँदा सहकारीमा समस्या आएको बताउनुभयो ।

उदय साकोसको अध्ययन भ्रमणमा साकोसका संचालक समितिका सदस्य, विभिन्न उपसमितिका सदस्य लगायत कर्मचारीहरुको सहभागिता रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here