लोकेश्वर साकाेसमा अन्तर सहकारी छात्रा एकल १९ बर्षमुनी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

0
223

पुष २९, भक्तपुर । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवसको अवसरमा युवा तथा अतिरिक्त क्रियाकलाप उप–समितिको आयोजनामा अन्तर सहकारी छात्रा एकल १९ बर्षमुनी ब्याडमिन्टन प्रतियोगिता २०८० (Girl’s singles U–19 Badminton Competition–2080)को सेमिफाइनल तथा फाइनल खेलहरु सहित समापन एवं पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

प्रतियोगिताको सेमिफाइनलको क्रमशः पहिलो र दोस्रो खेलहरुमा लोकेश्वर साकोसका प्रीति देशेमरुले भक्तपुर साकोसका सोनम प्रजापतिलाई र लोकेश्वर साकोसका रुषा जतिले थी थी उ.सहकारीका निरु खत्रीलाई सोझो सेटमा पराजित गरी फाइनमा प्रवेश गर्न सफल भएका थिए ।

खेलको अन्तिम फाइन खेलमा लोकेश्वर साकोसका प्रीति देशेमरुले लोकेश्वर साकोस कै रुषा जतिलाई २–० सेटले पराजित गर्दै विजेता हुन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here