कार्तिक १७, भक्तपुर । देशभरका पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
बालबालिकाहरुका लागि हरेक वर्ष राष्ट्रिय “भिटामिन ए” खुवाउने कार्यक्रमको निर्धारित समय (कार्तिक २ र ३ गते ) यस वर्ष नेपालीहरुको महान चाड दशैंको बेला पर्न गएकोले उक्त कार्यक्रम यही २०८० कार्तिक १७ र १८ गते सञ्चालन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















