कात्तिक १६ गतेदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने

0
271

काठमाडौं : आज कात्तिक १६ गते (बिहीबार) देखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ।

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन्। अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here