भक्तपुरमा वृहत छिकोङ व्यायाम प्रदर्शनी

0
427

असोज २९ गते, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार दरवार स्क्वायरमा छिकोङ व्यायाम प्रदर्शनी सम्पन्न भएको छ । प्रतिनिधि सभाका सदस्य एवं नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रदर्शनीमा उहाँले तरकारीमा विषादिजन्य खाद्यान्नहरु पाइएकोले बजारमा अहिले तरकारी छनौट गर्दा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । साथै जंकफुड खानेकुरा खानाले रोगीहरुको संख्या वृद्धि भइरहेकोले स्वस्थ बन्न निरन्तर रुपमा शारीरिक व्यायाम गर्नुपर्ने बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको घोषणा बमोजिम नगरवासीको स्वास्थ्यलाई हितमा राखि प्रत्येक वडा वडामा व्यायामशाला निर्माण गरिएको चर्चा गर्नुहुदैं नपाले हरेक वर्ष खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएको बताउनुभयो । साथै नागरिकलाई व्यायाम तर्फ आकर्षित गर्नको लागि नगरपालिकाले छिकोङ व्यायाम प्रदर्शनीको आयोजना गरिएको समेत बताउनुभयो ।


कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य दिनुभएको थियो भने वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवालले उपस्थित महानुभावहरुलाई धन्यवाद दिनुभएको थियो ।


उक्त प्रदर्शनीमा प्रत्येक वडामा रहेका छिकोङ प्रशिक्षार्थीहरु, जनप्रतिनिधिहरु लगायत अन्य जनसमुदायको उल्लेख सहभागिता रहेको थियो ।


कार्यक्रममा वडा नं ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

सामूहिक फाेटाे सेसन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here