आज घटस्थापना, शुरू भयो बडादशैं : शक्तिपिठहरुमा नवरात प्रारम्भ

0
179
आज घटस्थापना, शुरू भयो बडादशैं : शक्तिपिठहरुमा नवरात प्रारम्भ

असोज २८ गते, भक्तपुर । नेपालीहरुको महान पर्व बडा दसैँ आजबाट सुरु भएको छ । पहिलो दिन आज घर-घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दूहरूकाे महान् पर्व बडादशैंको पहिलो दिन घटस्थापना गर्ने र जमरा राख्ने परम्परा रहेको छ ।

नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैँघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ ।

भक्तपुरमा दसैंको पहिलो दिन घटस्थापनाको दिन भक्तपुरको पुर्वी भेगमा अवस्थित ब्रम्हायणी मन्दिरमा ठूलो मेला लागेको छ । भक्तपुरमा घटस्थापनाको दिनदेखि दशमीसम्म नगरका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । नवरात्रको समयमा भक्तजनहरू एकाबिहानै मेला भर्न जाने गर्छन् । टोलटोलबाट सयौं बाजागाजाका साथ श्रद्धालुहरू नवरात्रको मेलामा पुग्छन् ।

दसैंको प्रतिपदा अर्थात् पहिलो दिन घटस्थापनामा ब्रम्हायणी, दोस्रो दिन द्वितीयामा महेश्वरी, तृतीयामा अर्थात् तेस्रो दिन कुमारी, चतुर्थी अर्थात् चौथो दिन भद्रकाली, पञ्चमी पाचौं दिन बाराही, षष्ठी छैटौ दिन इन्द्रायणी, सप्तमी सातौ दिन महाकाली, महाअष्ट्रमी आठौं दिन महालक्ष्मी, महानवमी नवौं दिन त्रिपुरासुन्दरी र अन्तिम दिन विजया दशमीको दिन फेरि ब्रम्हायणीमा मेला लाग्ने गर्छ । पहिलो र अन्तिम दिन ब्रम्हायणीमा ठूलो मेला लाग्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here