असोज २४ गते, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राज कृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको मिनिमार्ट र मासु पसल अनुगमन गरियो । दशैंलाई मध्य नजर गरी अनुगमन गरेकोमा म्याद नाघेको र लेबल नभएको सामानहरु धेरै भेटाएको संयोजक गोराले बताउनुभयो ।

नवदुर्गा मल्टि स्टोरमा प्याकेजिड्ड सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्न, साईन बोर्ड राख्न निर्देशन दिई म्याद नाघेको सामानहरु हिमालय एन्टि डेन्ड्रफ ८ वटा, हट एण्ड सोर भिजेटबल सुप-५ पाकेट, स्टिड्ड २० वटा, फाण्टा एक लिटरको २ वटा, हाप लिटरको १ वटा, ड्यू हाप लिटरको ४ वटा, स्प्राइट एक लिटरको २ वटा, २५० मिलिको ३ वटा, सोया चुंक मस्यौदा ४ पाकेट जफत गरि नष्ट गरि तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।

च्याम्हासिह कोल्ड स्टोरमा छिमेकी र स्थानीयको गुनासो आएकोले पसलमा पशुपन्छि बध नगर्न निर्देशन दिई मुल्य सुचि व्यवस्थित गर्न, एप्रोन सेतो प्रयोग गर्न र विग्रेको खसीको मासु साढे एक केजि जफत गरी नष्ट गरियो ।
विग मार्टमा पसल नविकरण गर्न, पिकनिक दालमोठ लेबल प्रष्ट नभएकोले जफत गरी नष्ट गरियो भने तरकारीको मुल्य बाहिर भन्दा महंगो भएकोले खरिद बिल सहित नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

अनुगमन समितिका सदस्यहरु कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राेशनमैया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भगउर प्रसाद हरिजन, उद्योग बाणिज्य संघका राजेश त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका मिना भट्टराई, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी लगायतका प्रतिनिधिहरु सहभागी रहेको थियो ।


















